NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भारतमा लगातार दोस्रो दिन पेट्रोल, डिजेलको मूल्य बढाइयो

नयाँ दिल्ली । भारतमा बुधबार पेट्रोलियम पदार्थको पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि डिजेल र पेट्रोलको मूल्य बढाइएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ । भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो । सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बीपीसीएल र एचपीसीएलले गत वर्षको मार्चयता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले मूल्य बढाइसकेका छन् । (रासस/पीटीआई)