NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

भारतबाट आउने यात्रु क्वारेन्टाइनमा बस्न ८ होटल तोकिए [सूचीसहित]

काठमाडौं । भारतबाट आउने यात्रुहरुका लागि अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने भएको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका ८ वटा होटेललाई क्वारेन्टाइन तोकेको छ । क्वारेन्टाइन तोकिएका होटलहरुमा गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम, रिडर्स इन र आनन्द आश्रम, जगातीका फार्म हाउस रिर्सोट र ए-वान रिर्सोट छन् । यी होटेलमा १० देखि ९१ कोठासम्म उपलब्ध छन् । विमानस्थलबाट होटेलसम्म ल्याउने प्रबन्ध होटल सञ्चालकले नै मिलाउनु पर्नेछ । यात्रुलाई खाना र बसोबाससहित अन्य सुविधा लिएवापत होटलले मूल्य अभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा दिनको प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म शूल्क लिन पाइने मन्त्रालयले मूल्यसूची तोकिदिएएको छ । नेपाल वायुसेवा निगम र एयर इन्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको छ । सरकारले बिहीबार रातिबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्दै छ । आन्तरिकतर्फ मंगलबार रातिबाट रोक लागिसकेको छ । तर भारतबाट भने साताको दुई उडान गर्न दिने सरकारले निर्णय गरेको छ ।