NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

जोखिमयुक्त क्षेत्रमा परीक्षण बढाउन स्थानीय तहलाई अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम बढी देखिएका स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई अनुरोध गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार घरमै गएर नमुना संकलनका लागि अनुमतिसमेत दिइएको छ । यसरी घरमै गएर नमुना संकलन गर्दा थप अधिकतम ५०० सय रुपैयाँ लिन सकिनेछ । यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने छ ।