NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

प्रधानमन्त्रीलाई देउवाको जवाफ, तपाईंलाई सहयोग गर्ने स्थिति छैन

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासकाे मत दिन नसक्ने स्पष्ट पारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले सहयोग गर्न नसक्ने बताएकाे जानकारी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले दिए । प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदमा विस्वासको मत लिँदैछन् । उनले कांग्रेसलाई आफ्नो पक्षमा मतदान गरेर सत्तासाझेदारीको प्रस्ताव गरेका हुन् । भेटमा देउवाले प्रधानमन्त्रीको गतिविधी लोकतन्त्र संवत् नभएको भन्दै सरकारलाई सहयोग गर्न नसकिने स्पष्ट पारेकाे महतले बताए । प्रधानमन्त्रीको पार्टी एमाले र उनी स्वयंमले गरेको गतिविधिलाई हेर्दा पनि विपक्षमा रहेको कांग्रेसले विश्वासको मत दिन नसक्ने विषय प्रष्ट पारेको जानकारी महतले दिए । भेटमा दुवै दलका तर्फबाट सिनियर नेताहरु सहभागी थिए । एमालेबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल र पौडेल पौडेल सहभागी थिए । कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल, विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए ।