NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

लुम्बिनी प्रदेशमा राष्ट्रिसभाको निर्वाचन जेठ १७ गते

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगले मिति तोकेको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते बिहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्काले पार्टी छाडेपछि पदमुक्त भएका थिए । उनको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय भने दाङको घोराहीमा रहेको प्रदेश निर्वाचन कार्यालयलाई तोकिएको छ ।