NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

‘ओलीप्रवृत्ति’को विरुद्धमा छौं : अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ‘ओलीप्रवृत्ति’को विकल्प खोज्नेबेला आएको बताएका छन् । उनले ‘ओलीप्रवृत्ति’विरुद्ध उभिएको कांग्रेससँग अरु दलले पनि सहकार्य गर्नुपर्ने बताएका छन् । कांग्रेसले पहिलेदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमलाई असफल बनाउन लागेकाले अहिले पनि कांग्रेस सोही अडानमा रहेको स्पष्ट पारे । ओलीको विकल्प खोज्ने बेला आएको भन्दै राष्ट्रियसभा निर्वाचनमा पनि ओलीका विपक्षी दलसँग कांग्रेसले सहकार्य गर्ने नेता केसीले बताए । ‘हामीले प्रधानमन्त्री ओलीको विकल्प खोजेका छौं । त्यसैले राष्ट्रियसभामा पनि कांग्रेसले माओवादी र जसपा लगायतसँग सहकार्य गर्छ । त्यसका लागि आवश्यक सबै काम गर्ने जिम्मा सभापतिजीलाई दिएका छौं,’ केसीले भने । २३ फागुन ०७७ मा संसद पुनः स्थापना भएलगत्तै कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गरेको भए ओली सरकार पहिले नै ढलिसक्ने नेता केसीले दाबी गरे । यसअघि नेपाली कांग्रेस नेतृत्वले ओली सरकारका बारेमा स्पष्ट धारणा राख्न सकेको थिएन । बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा प्रधानमन्त्री ओलीसहित एमाले शीर्ष नेतासँगको छलफलपछि कांग्रेसले वर्तमान सरकारलाई समर्थन गर्न नसकिने ठोस निर्णय गरेको हो ।