NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

आज यी प्रदेशमा वर्षाकाे सम्भावना

बिहीबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसाे देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। जसकारण बिहीबार बिहान गण्डकी र प्रदेश १ का केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा वर्षा भएकाे छ। बिहीबार राति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। शुक्रबार पहाडी भूभागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। साथै वर्षाको सम्भावना रहेको छ।