NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द, भारतमा साताका दुई उडान

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज बिहीबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएकाे छ। वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठककाे निर्णय अनुसार २१ गतेबाट आन्तरिक उडान बन्द गरिएकामा अन्तर्राष्ट्रिय उडान पनि राकिन लागिएकाे हाे। वैशाख मसान्तसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै भएकाे थियाे। अत्यावश्यकका बेला आन्तरिक तथा बाह्‍य चार्टर उडान हुने छन्। यद्यपि भारतसँग भने साताका दुई उडान हुनेछन्। भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने छन् । तर, त्यहाँबाट आउने यात्रुलाई भने अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ ।