NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

तिलोत्तमाका नगर प्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स बनाइँदै

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रमुख र उपप्रमुख चढ्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । नगरक्षेत्रका कोरोनाका गम्भीर बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाका औसतमा दैनिक २ सय संक्रमित थपिइरहेका छन् । नगर प्रमुख वासुदेव वासुदेव घिमिरेले चढ्दै आएको लु१झ ३६० र उपप्रमुख जगेश्वरीदेवी चौधरीले चढ्दै आएको लु१झ ३२६ नम्बरको स्कर्पियोलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न लागिएको हो । हाल उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन मिलाइँदै छ । आजैबाट ती सवारी एम्बुलेन्सका रूपमा प्रयोगमा आउने नगरपालिकाले जनाएको छ ।