NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

उत्तर प्रदेशमा निर्वाचनमा खटिएका दुई हजार कर्मचारीको कोरोनाबाट मृत्यु

काठमाडौं । उत्तर प्रदेशमा कोरोनाको दोस्रो लहरका बीच भएको पञ्चायत चुनावमा खटिएका सैयौं सरकारी कर्मचारीको कोरोनाबाट मृत्यु भएको खुलाशा भएको छ । चुनावमा खटिएका कर्मचारीमध्ये संक्रमित दुई हजारभन्दा बढी कर्मचारीको मृत्यु भएको छ । तथ्यांक हेर्दा मृतकमध्ये ७०६ जना त शिक्षक मात्रै छन् । मतगणनाअघि नै उनीहरुको मृत्यु भएको थियो । मतगणनापछि यो संख्या पनि एक हजार माथि नाघेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशीय प्राथमिक शिक्षक संघ र प्रदेशको आधारतूत शिक्षा विभागले निर्वाचनमा खटिएका एक हजारभन्दा बढी शिक्षकको मृत्यु भएको पुष्टि गरेका छन् । उत्तर प्रदेशीय माध्यमिक शिक्षक संघका प्रदेश अध्यक्ष डा. दिनेश चन्द्र शर्माले केही दिनअघि मुख्यमन्त्री योगी आदित्यनाथलाई पत्र लेख्दै मृतक शिक्षकबारे जानकारी गराएका छन् । उनले आफ्नो १० पृष्ठ लामो पत्रका साथ मतगणनाअघि कोरोनाबाट ज्यान गुमाएका ७०६ शिक्षकको नाम पनि उल्लेख गरेका छन् । यसमा कैयौं जिल्लाका शिक्षा अधिकारीको मृत्यु पनि भएको छ । पछिल्लो साता मृतकको संख्यामा निकै बृद्धि भएको छ । प्रदेशका सबै संगठनले मृतक कर्मचारीका परिवारका लागि ५० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आएका छन् । कोरोना संक्रमणका कारण सरकारी कर्मचारीको मृत्यु भएको संख्याबाट त्रसित हुँदै अन्य कर्मचारीहरु पनि अफिस आउन अप्ठ्यारो मानिरहेका छन् । निर्वाचनमा खटिएका दुई हजारभन्दा बढी कर्मचारीको कोरोना संक्रमणबाटै मृत्यु भएको जानकारी पाएपछि अन्य कार्यालयका कर्मचारीहरु पनि अहिले कार्यालय आउन डराइरहेका छन् ।