NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बिहीबार ९०७० संक्रमित थपिए, २७०७ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालभर दुई हजार सातसय सात जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यस्तै बुधबारको तुलनामा कोरोनाबाट मृत्यु हुनेको संख्या भने केही कम भएको छ । मन्त्रालयका अनुसार बुधबार ५८ जनाको मृत्यु भएकोमा बिहीबार भने देशैचर ५४ जनाको मृत्यु भएको छ ।