NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बोटमा न्यूड फोटोशूट गरेपछि ६ मोडल प्रहरी फन्दामा

काठमाडौं । केही दिनअघि दुबईको बालकनीमा मोडलहरुले न्यूड फोटोशूट गरेको घटनापछि टर्कीमा पनि यस्तै घटना सार्वजनिक भएको छ । जहाँ ६ मोडललाई न्यूड फोटोशूट गरेको आरोपमा कारबाही गरिएको छ । रमजानका अवसरमा गरिएको लिइएको फोटो सार्वजनिक भएपछि निकै हंगामा भएको छ । घटना सार्वजनिक भएपछि प्रहरीले न्यूड फोटोशूट गर्ने ६ मोडललाई पक्राउ गरेको छ । टर्किस अखबार लिडेरको रिपोर्ट अनुसार कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सबै क्षेत्रमा लकडाउन जारी छ । तर, यसका बावजुद पनि मोडेल्स लक्जरी बोटमा गोचेक नामको क्षेत्रमा रहँदै आएका थिए । उनीहरुले दुबईको बालकनी स्क्यान्डल्सको कपी गर्न चाहे । जो उनीहरुका लागि नै महँगो सावित भएको छ । रिपोर्टअनुसार दुबईको न्यूड फोटोशूटमा संलग्न मोडललाई टर्किमा बोट फोटोशूट जोइन गर्ने अफर मिलेको थियो । तर उनीहरुले यो अफरलाई इन्कार गरे । दुबईको बालकनीमा भएको फोटोशूट निकै विवादित बनेको थियो । रिपोर्टअनुसार फोटोश्टमा दुई मोटल टपलेस सहभागी थिए । यसका साथै एक मोडल न्यूड थिइन् । स्थानीय मिडियाका अनुसार २१ वर्षीया रुसलाना कोभकोभा नामकी मोडलले आफ्ना नाम सार्वजनिक भएपछि उनले पोस्ट डिलिट गरेकी छन् । साथै उक्त बोटमा यूक्रेनकी मोडल भेरोनिका कुर्गन, डायना पोखरेलाया र स्नेजहाना पनि सहभागी थिइन् । सबैतिर लकडाउन भए पनि उनीहरुले बोटमा गएर नांगो तस्वीर खिचाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । सामान्य जरीवानापछि उनीहरुले छाडिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।