NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

दुई हजार सिलिन्डर अक्सिजन लिन वाइडबडीलाई बेइजिङ पठाउने तयारी

काठमाडौं । सरकारले चीनबाट अक्सिजन सिलिन्डर ल्याउनका लागि वाइडबडी जाहजलाई त्यसतर्फ पठाउनेबारे छलफल गरेको छ । नेपाललाई चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिन्डरमध्ये पहिलो पटकमा २ हजार सिलिन्डर नेपाल ल्याइने भएको हो । जहाज पठाउने सम्बन्धमा अर्थ मन्त्रालयले माग गरेअनुसार नेपाल एयरलाइन्सले ‘कोटेशन’ बुझाएको छ । जहाजको भाडाका सम्बन्धमा सहमति नभइसकेको र छलफल चलिरहेको नेपाल एयरलाइन्स स्रोतले जनाएको छ । जहाजले बेइजिङबाट सिलिन्डर ल्याउनुपर्नेछ । यो संख्याका सिलिन्डर ढुवानी क्षमता भएका जहाज नेपालमा नेपाल एयरलाइन्ससँग मात्र रहेको छ । स्रोतकाअनुसार अर्थ र निगमबीच ढुवानी सहमति भए २८ वैशाख (११ मे) मा जहाज बेइजिङ जाने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको कार्ययोजनाअनुसार २९ वैशाखसम्म चीनबाट अक्सिजन सिलिन्डर नेपाल ल्याइसक्ने योजना छ । हाल नेपालमा दिनहुँ बढिरहेका कोरोना संक्रमितको उपचारमा अक्सिजनको माग उच्च भएपछि सरकारले अक्सिजन परिपूर्तिका लागि सक्रियता देखाएको हो ।