NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रधानको सांगीतिक योगदान चीरकालसम्म सम्झने छौं : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांगीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले बिहीबार बेलुका ट्वीट गर्दै वरिष्ठ गायक तथा संगीतकार प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी हुन् । ‘नेपाली संगीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौं,’ ट्वीटमार्फत राष्ट्रपतिले भनेकी छिन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहीबार अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गरेका छन् । दिवंगत प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । ‘नेपाली गीतसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ,’ प्रधानमन्त्रीले ट्वीटमार्फत भनेका छन् ।