NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोना संक्रमण र असिनापानीका कारण बजुराका जनता दाहोरो मर्कामा

काठमाडौं । बाजुराका विभिन्न क्षेत्रमा केही दिनदेखि असिनासहित अविरल वर्षा हुँदा साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण बूढीगंगा नगरपालिका- २ स्थित ताप्रीसेरा घट्टे खोलामा आएको बाढीका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । निरन्तरको वर्षाबाट विभिन्न स्थानमा ठूलो मात्रामा क्षति पुगेको छ । अपराह्नको समयमा बूढीगंगा नगरपालिकाको घट्टे खोलामा आएको बाढीले सडक भत्काएपछि सो सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । बाढीले बालीनाली नष्ट बाढीले स्थानीयबासीको २५ रोपनीमा लगाइएको गहुँबाली समेतलाई बगरमा परिणत गरिदिएको छ । एकातिर कोरोना भाइरसले गर्दा संकट उत्पन्न भएको छ भने त्यसैमा पनि बाढीले पाक्नै लागेको गहुँसहित जमीन बगरमा परिणत गरपछि भोकमरीको चिन्ताले सताएको स्थानीयबासी वसन्त थापाले दु:खेसो गरे ।