NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आज वर्षाकाे सम्भावना कति ?

शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे देशका पहाडी भूभागका धेरै स्थानमा बदली रहनेछ केही स्थानमा वर्षाको सम्भावना छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ। शनिबार दिउँसो देशभर सामान्य बदली रहने छ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। शनिबार राति प्रदेश १ का केही तथा बाँकी पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ। महाशाखाका अनुसार आइतबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशरमा आँशिक बदली रहने छ। साथै ती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ।