NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सुदूरपश्चिमका ६ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बन्ने, ८० लाखका दरले रकम निकासा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेशका ६ वटा जिल्ला अस्पताललाई ८० लाख रुपैयाँका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रतिअस्पताल ८०/८० लाख रुपैयाँ प्रदान गरेको हो । सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइसकेको जानकारी दिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला सङ्क्रमितको उपचारमा सहजता ल्याउन रकम वितरण गरिएको मन्त्रालयको भनाइ छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन खरिदको प्रक्रिया अघि बढाइसकेको पनि जनाए । सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा हाल ३०० सिलिन्डर मात्रै उपलब्ध भइरहेको छ । (रासस)