NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कोरोनाबाट संसद् सचिवालयका उपसचिवको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संघीय संसद् सचिवालयका कार्यरत एक उपसचिवको निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा निधन भएको हो । संसद् सचिवालयका अनुसार २२ गते स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो ।