NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

शुक्रबार थपिए ९१९६ संक्रमित, ५० जनाको मृत्यु

काठमाडौं । नेपालमा पनि पछिल्लो केही सातायता कोरोना संक्रमितको ग्राफ उकालो लाग्दो छ । शुक्रबार देशभर ९ हजार १९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । सोही अवधिमा त्यस्तै २ हजार ९०५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।बिहीबार मात्रै यसअघि हिजो एकैदिन ५४ जनाको कोरोनाकै कारण ज्यान गएको थियो । यस्तै बुधबार भने हालसम्मकै उच्च ५८ जनाको कोरोना संक्रमणबा६ मृत्यु भएको थियो । नेपालमा दिनानुदिन संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । यस्तै, कोरोनाको संक्रमण संघीय संसद्मा पनि छिरेको छ । २७ गते बोलाइएको विशेष अधिवेशनका लागि गरिएको पीसीआर परीक्षण्का क्रममा हालसम्म संघीय संसद्का १४ सांसदमा कोरोना पुष्टि भएको छ । संसद् सचिवालयका अनुसार संघीय संसद्का १५ सांसदसहित अन्य ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मर्यादापालक, कर्मचारी र संसदीय रिपोर्टिङ गर्ने पत्रकार रहेका छन् । स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा १४ जना सांसद र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।