NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आजदेखि कालीमाटी तरकारी बजार बन्द

मुलुककै सबैभन्दा ठूलाे कालीमाटी फलफूल तथा तरकारी बजार आज बुधबारदेखि बन्द भएको छ। कालीमाटी तरकारी बजार समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार बजार बन्द गरिएकाे हाे। कालीमाटी तरकारी बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो। अब थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गरिनेछ। जसमा एकवटा थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाएकाे छ। काेराेना भाइरस संक्रमण नियन्त्रणका लागि १६ वैशाखबाट काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन लम्ब्याइएकाे छ।

ताजा अपडेट

नेपालवाच विशेष