NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सहयोग अभियानमा जुट्यो बुहारी समूह

काठमाडौं । आपतमा परेकाहरुलाई आर्थिक सहयोग अभियान चलाउँदै आएको मेची–महाकाली बुहारी समूहले कोरोना महामारी सुरु भएसँगै फेरि सहयोग अभियान थालेको छ । यसवर्षको पहिलो सहयोग अभियान स्वरुपमा समूहले कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डर सहयोग अभियानमा आर्थिक सहयोग प्रदान गरेको छ । सुर्खेतमा कोरोना बिरामीको चाप बढेको र बिरामीका लागि अक्सिजन सिलिन्डर प्रदानका लागि नेपाल पत्रकार महासँघले ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान सुरु गरेको छ। बुहारी समूहले उक्त अभियानलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेको छ । यसवर्षको पहिलो सहयोग अभियान सुर्खेतबाट सुरु थरेको मेची–महाकाली बुहारी समूहका अध्यक्ष कमला श्रेष्ठले बताइन् । ‘यो अभियानमा देश विदेशबाट धेरै साथीहरु जोडिनुभएको छ । सुर्खेतबाट हामीले सहयोग अभियान थालेका छौं । आवश्यकता अनुसार अन्यत्र पनि आर्थिक सहयोग गर्नेछौं ।’ अभियानले विकतका वर्षहरुमा पनि आर्थिक रकम अभावले उपचार गर्न नसकेकाहरुलाइ सहयोग गर्दै आएको उपाध्यक्ष गोमा सापकोटाले बताइन् । ‘हामी बुहारी समूहले देशभरीबाट संकलन गरेको आर्थिक सहायता उपलब्ध गराउँदै आएका छौं । यस वर्ष पनि यो अभियान जारी रहनेछ । भलै सहयोग सानो होस् तर पनि आपतमा परेकालाई यसले केही राहत भने अवश्य दिनेछ ।’

ताजा अपडेट

नेपालवाच विशेष