NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कर्णालीमा मन्त्रिपरिषद् विस्तार, माओवादीका ३ मन्त्री नियुक्त

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद बिस्तार गरेका छन् । मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका तीन सांसदलाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुमा आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्री बिन्दमान बिष्ट, आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र उर्जा तथा जलस्रोतमन्त्रीमा सिता नेपालीलाई नियुक्त गरेका हुन् । यसअघि माओवादी केन्द्रका दुई जना मन्त्रीलाई हटाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसी र आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले राजिनामा दिईसकेका छन् । मुख्यमन्त्री कार्यालयले दिएको जानकारी अनुसार नवनियुक्त मन्त्रीको सपथ आजै हुँदैछ । मुख्यमन्त्री शाहीले यसअघिको भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय गठन गरेका छन् । सो मन्त्रालय फुटाएर भौतिक पुर्वाधार र उर्जा तथा जलश्रोत मन्त्रालय बनाएका हुन् । यसै गरी सामाजिक विकास मन्त्रालय अन्तगतको युवा तथा खेलकुदलाई आन्तरिक मामिला मन्त्रालयमा गाभेका छन् । नेपाली काँग्रेसको भागमा परेको सामजिक विकास मन्त्रालय भने मुख्यमन्त्री शाहीले नै हेर्दै आएका छन् । कोरोना महामारीको बेलामा पनि जनस्वाथ्य हेर्ने विभागिय मन्त्रालयले मन्त्री नपाएको भन्दै मुख्यमन्त्रीको आलोचना हँुदै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष