NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एनआरएनएले ओमनबाट ६ सय थान सिलिन्डर नेपाल पठाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ओमनबाट ६ सय थान अक्सिजन सिलिन्डर नेपाल पठाउने भएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बेला संघले आइतबारसम्म सिलिन्डर नेपाल पठाइसक्ने जानकारी दिएको हो । ओमनको राजधानी मस्कटमा हाल सिलिन्डर खरिद गरिँदै छ । एनआरएनएले मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग सिलिन्डर खरिद गर्न लागेको हो । त्यसका लागि अर्डर भएर कम्पनी बिल पठाइसकेको र पहिलो किस्ताको रकम बुधबार भुक्तानी गरिने बताइएको छ । ६ सय सिलिन्डर खरिदका लागि झन्डै ७५ लाख रुपैयाँ लाग्ने बताइएको छ । रकमका लागि खाडी मुलकमा रहेका एनआरएनएका शाखाहरुले रकम जुटाइरहेका छन् । नपुग रकम एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिले उपलब्ध गराउने भएको छ । खरिद भएको सिलिन्डर मस्कटस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्ने र दूतावासले नेपाल पठाउनेछ । दूतावासले अक्सिजन सिलिन्डर पठाउन परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्ससँग समन्वय भइरहेको र आइतबार नै काठमाडौं पुर्‌याउने गरी तयारी भइरहेको जनाएको छ ।