NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

धनुषाका सबै अस्पताल संक्रमितले भरिएपछि बेड थप्न डीसीसीएमीको निर्देशन

जनकपुरधाम । कोरोना संक्रमित बढेसँगै जनकपुरधामका अस्पतालहरुमा बेड अभाव भएको छ । जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालसँगै निजी क्षेत्रका अस्पतालहरुमा पनि बेड अभाव भएको हो । प्रादेशिक अस्पतालले ४० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएकोमा अहिले कुनै पनि बेड खाली छैनन् । बेड, अक्सिजनलगायतका पूर्वाधारकै कमीले जनकपुरधाममा पछिल्लो तीन दिनमा ६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । बेड अभाव भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले संक्रमितको उपचारका लागि सरकारी र निजी सबै अस्पताललाई बेड थप्न निर्देशन दिएको छ । डीसीसीएमसीको बैठकले प्रादेशिक अस्पतालमा ७५ बेड, जानकी मेडिकल कलेजमा ६० बेड र अन्य निजी अस्पतालहरुले ४३ बेड तत्काल थप्नुपर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । अहिले जानकी मेडिकल कलेजमा ६० र निजी अस्पतालहरुमा १७५ बेडमा संक्रमितको उपचार भइरहेको छ । धनुषा, महोत्तरी, सर्लाही र सिरहाका संक्रमितहरु पनि उपचार गराउन आउने भएकोले समस्या नओस् भन्दै बेड थप्न अस्पतालहरुलाई निर्देशन दिएको प्रजिअ बास्तोलाले बताए । धनुषामा पनि कोरोनाका सक्रिय संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएकोले अक्सिजन र भेन्टिलेटरको अभाव हुन सक्ने निष्कर्षमा डीसीसीएमसी पुगेको छ । डीसीसीएमसीको बैठकले अक्सिजन र भेन्टिलेटरहरुको संख्या थप गरी सञ्चालन गर्न सबै अस्पताललाई निर्देशन दिएको बास्तोलाले बताए । डीसीसीएमसीका निर्णयहरु :