NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नर्भिकले भन्यो- ‘अक्सिजनको अभाव रहिरहे अकल्पनीय घटना घट्न सक्छ’

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले अक्सिजनको अभाव रहिरहे अकल्पनीय घटना पनि हुनसक्ने चेतावनी दिएको छ । अस्पतालमा अक्सिजन अभाव चरम बन्दै गएको भन्दै नर्भिकले सरकारको अनुदार नीति र कोटा प्रणालीअनुरुप पनि अक्सिजन उपलब्ध नहुने हो भने अकल्पनीय घटना घट्न सक्ने जनाएको हो । ‘वर्तमान असहज अवस्था भएता पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस् भनि हामी प्रयत्नशील छौं । तर, पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ । राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसै गरी जारी रहने हो भने अकल्पनीय घटना घट्न सक्ने अनुमान सहजै गर्न सकिन्छ,’ अस्पतालले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । अस्पतालले अक्सिजन तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध भएसम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन नदिने समेत प्रतिबद्धता जनाएको छ । ‘स्थिति हाम्रो काबुबाहिर नजाओस् भनि हामी प्रयत्नशील छौं,’ वित्तप्तिमा भनिएको छ । अस्पतालले सरकारका सम्बद्ध निकायहरु तथा सबै पक्षलाई संवेदनशील भएर कोरोनाविरुद्धको लडाइँमा सुझबुझ र विवेकशील भएर दायित्व निर्वाह गर्न पनि आग्रह गरेको छ । नर्भिकको विज्ञप्ति :