NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चौलागाईंको निधनमा एमालेले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेशसभा सदस्‍य पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमा चौलागाईंको निधनले सिंगो पार्टी पंक्ति नै शोकमा परेको उल्लेख छ । चौलागाईंप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एमालेले आजदेखि ३ दिनसम्म केन्द्रीय तथा जिल्ला पार्टी कार्यालयमा समेत पार्टीको झन्डा आधा झुकाउने भएको छ । तीन दिनसम्म सबै पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राखिने भएको छ । चौलागाईंको कोरोना संक्रमणबाट मंगलबार साँझ काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पतालमा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । एमालेको शोक विज्ञप्ति :