NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एक सय वर्षदेखि किन लडिरहेका छन् इजरायल–हमास ?

काठमाडौं । इजलायलमा युद्धस्तरमा हवाई हमला भइरहेको छ । इजरायलविरोधी संगठन हमासको कब्जामा रहेको गाजामा सोमबार र बुधबारको बीच ४० घण्टाको अवधिमा एक हजारभन्दा पनि धेरै रकेट दागिएको छ । इजरायलले आइरन डोम डिफेन्स सिस्टमका कारण आफ्नो अधिकांश आवादी क्षेत्रमा हमलाबाट बचाइराखेको छ । लामो समयदेखि कसरी इजरायल र हमास युद्ध लडिरहेका छन् ? मध्यपूर्वी यो क्षेत्रमा पछिल्लो एक सय वर्षदेखि संघर्ष चलिरहेको छ । यहाँको पश्चिम बैंक, गाजा र गोलन हाइट्स जस्ता क्षेत्रमा विवाद छ । फिलिस्तीनले यी क्षेत्रसहित पूर्व यरुशलममाथि पनि आफ्नो दावी गरिरहेको छ । यता इजरायल भने यरुशलममा आफ्नो दावी छाड्नेमा राजी छैन । ताजा विवाद रमजानको महिनाबाट सुरु भयो । यरुशलममा इजरायली प्रहरी र फिलिस्तीनियोबीच झडप भएको थियो । यसैबीच इजरायलले पूर्वी इरुशलमको शेख जर्राहमा फिलिस्तीनी परिवारलाई हटाउने काम सुरु गर्यो । यसैको विरोधमा यरुशलमको मस्जिद अल–अक्सामा रमजानको अन्तिम भेलामा हिंस्रक प्रदर्शन भयो । यसपछि हमासले रकेट दाग्न सुरु गर्यो र युद्धको अवस्था बन्यो । फिलिन्सतीनमा सक्रिया दुई चरमपन्थी संगठन इजरायलको निशानामा रहँदै आएका छन् । पहिलो राजनीतिक रुपमा बलियो हमास र दोस्रो फिलिस्तीनी इस्लामिक जिहाद अर्थात् पीआइजेआई । जिहादको गाजा पट्टीमा कब्जा रहेको छ । ताजा विवादमा यही संगठनले इजरायलमाथि रकेट प्रहार गरिरहेको छ । एक समय थियो, जब हमास र पीआइजीलाई इरानजस्ता देशको सहयोगमा या समुद्रमा तस्करी गरी हतियार मिल्थे । पछिल्लो केही वर्षयता यी संगठनले आफैं रकेट बनाउन सुरु गरेका छन् । हमाससँथ एकसय देखि एकसय ६० किलोमिटर रेन्जका रकेट छन् । यति रेन्ज तेल अबीब, बेन–गुरियन एष्रपोर्ट र यरुशलम जस्ता इजरायलका कैयौं इलाकालाई कब्जाका लिन पर्याप्त हो । इजरायलको इन्टेलिजेन्स रिपोर्टअनुसार हमाससँग जे–८०, एम–७५, फज्र–५ सेकन्ड जेनेशन एम–७५ रकेट छन् । इजरायलका अनुसार हमाससँग पाँच हजारदेखि ६ हजारसम्म रकेट हुनसक्छन् । हमाससँग ४० हजारभन्दा पनि बढी लडाकु पनि छन् । यता पीआइकेसँग ९ हजार लडाकु र ८ हजार शर्ट रेन्ज रकेट छन् । २०१४ को युद्धका बेला हमासले ५० दिनमै चार हजार भन्दा बढी रकेट प्रहार गरेको थियो । पछिल्लो ५० दिनमा एक पटक मात्र उसले दुईसय रेकट प्रहार गरेको छ । पछि उसले यो संख्या घटाएको थियो । इजरायली वेबसाइट द यरुशलम पोस्टका अनुसार यसपटक अवस्था भिन्न छ । यसुपटक हमासले हमलाको सुरुवाती पाँच मिनेटमै १३७ रकेट प्रहार गरेको छ । अहिलेसम्म हमासका तर्फबाट एक हजारभन्दा पनि बढी रकेट प्रहार भएका छन् । अधिकांश रकेट तले अबीब करिडोरमा दागिएको हो । यता आइरन डोमको कुरा गर्दा, जसले अहिलेसम्म इजरायलको ठूलो आवादीलाई हमासको रकेट प्रहारबाट बचाइराखेको छ । आइरन डोनम एक एडभान्स डिफेन्स सिस्टम हो । इजरायल एरोस्पेस इन्डस्ट्रीजले तयार गरेको हो । अमेरिकाले पनि यसमा आर्थिक र प्राविधिक सहयोग गरेको छ । आइरन डोम सन् २०११ मा एक्टिभ भएको थियो । गाजामा आउने शर्ट रेन्जका रकेट जमिनमा गिर्नुअघि नै हावामा नष्ट गर्नु यसको उद्देश्य थियो । आइरन डोमको एक ठूलो हिस्सा मिडियम लङ रेन्ज मिसाइलका लागि पनि हो । अर्थात् फाइटर प्लेनबाट प्रहार गरिने रकेट र ड्रोन्सलाई पनि हावामै नष्ट गर्ने क्षमता यसेको छ । आइरन डोम राडार सिस्टममा काम गर्दछ । राडारमा इजरायलतर्फ कुनै रकेट या अन्य खतरा आउन लागेकोबारे सूचना दिन्छ । जब आवादीवाला क्षेत्र वा अन्य ठूला भौतिक संरचनातर्फ रकेट आइरहेको देखिएमा ब्याटल म्यानेजमेन्ट कन्ट्रोलबाट सिग्न पठाइन्छ । मोबाइल यूनिट्स वा लन्च साइटबाट इन्टरसेप्टर दागिन्छ । इन्टरसेप्टर वास्तवमा भर्टिकल मिसाइल नै हो । यो आकाशमा दुश्मनको रकेट नजिक विस्फोट हुन्छ । जसकारण आकाशमै रकेट नष्ट हुन्छ । वाशिङटन पोस्टका अनुसार भिन्न–भिन्न डिफेन्स एनालिस्टसले इजरायलको आइरन डोमको सफलता दर ८० देखि ९० प्रतिशत रहेको बताएका छन् । आइरन डोममा अध्ययन गरिसकेका क्यानडाको ब्रक यूनिभर्सिटीका एसोसियट प्रोफेस माइकल आर्मस्ट्रङ्ले भने, ‘कुनै पनि मिसाइल डिफेन्स सिस्टम शत प्रतिशत भरोसा लायक हुँदैन ।’ यूएस मरिन्समा काम गरिसकेका र किङ्स कलेज लण्डनको वार स्टडिज डिपार्टमेन्टबाट पीएचडी गरिरहेका रोब लीको मत पनि यस्तै छ । उनी भन्छन्, ‘यदि कसैसँग बीएम–२१ गार्ड सिस्टम छ भने, त्यसबाट २० सकेन्डमा ४० रकेट प्रहार गर्न सक्छ । यस तरिकाका रकेट सिस्टम यदि एक ब्याट्री बटालियन छ भने उसले २० सेकेन्डमा २४० देखि ७२० रकेट प्रहार गर्न सक्छ । विश्वका कुनै मिसाइल डिफेन्स सिस्टम यति धेरै रकेटलाई रोक्न सक्दैन ।’ हमासका तर्फबाट आएका कैयौं रकेट इजरायलको जमिनमा विस्फोट भएका थिए । यहीबाट पनि आइरन डोमको यो कमजोरी थाहा पाउन सकिन्छ । यसबाट कैयौं संरचनामा क्षति पनि पुगेको छ । अहिलेसम्म पाँच इजरायलीको मृत्यु भइसकेको छ । इजरायलको सेना निकै बलियो छ । हमासको रकेट पनि आइरन डोमसँग लड्न सक्छ । साथै पछिल्ला दिनमा इजरायलको एयरफोर्सले हमासको इलाकामा १३० भन्दा पनि बढी हवाई हमला गरेको छ । इजरायली आर्मी र एयरफोर्सको निशानामा हमासको पाँचसय भन्दा पनि बढी क्षेत्र छन् । इजरायलसँग अधिकांश एफ–सिरीज फाइटर प्लेन छन् । जो अमेरिकामा बनेका हुन् । एजेन्सी

ताजा अपडेट

नेपालवाच विशेष