NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जनमोर्चाले संसदीय दलको नेताबाट थापालाई हटायो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापालाई हटाएको छ । गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको हो । सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी हुन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा समर्थन गर्ने निर्णयविरुद्ध कार्य गरेकाले दलको नेताबाट हटाएको पत्रमा उल्लेख छ । सरकार निर्माणमा सहयोग गरेको भन्दै जनमोर्चाले सांसद थापालाई स्पष्टीकण सोधेको थियो । तर, त्यसको जवाफ पनि नदिएपछि जनमोर्चाको आज बसेको सचिवालय बैठकले थापालाई संसदीय दलको नेताबाटै हटाएको हो ।