NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोरोना उपचारमा रेम्डेसिभिर चाहियो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । कोरोना भाइरसका संक्रमितका लागि अहिलेसम्म भ्याक्सिनबाहेक अन्य कुनै पनि आधिकारिक औषधि छैन । यद्यपि चिकित्सकहरुले भने रेम्डेसिभिर चलाउँदै भने आएका छन् । नेपालमा पनि कोरोना संक्रमितका लागि रेम्डेसिभिर औषधि आवश्यक परेको चिकित्सकको सिफारिसपत्र सहित आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा जान स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै कोभिड—१९ भइ अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । साथै विभिन्न व्यक्तिका सम्पर्क नम्बरहरु पनि सूचनामा उल्लेख गरिएको छ । औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिनजाने व्यक्तिको परिचय पत्रको प्रमाणसहित सम्र्पक गर्नुपर्ने हुन्छ । मन्त्रालयले सूचनामा प्रति भाइल चार हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिने बताएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख औषधि खरिदका लागि आवश्यक व्यक्तिको नाम पनि दिइएको छ । रेम्डेसिभिर औषधि खरिद गर्नका लागि यी नम्बरमा सम्पर्क​ गर्नुहोस् ः डा. अबुल अन्सारी —९८००५५५९१०, सुवास —९८१०१९४४१६ डा। बिमल— ९८४१५०६३७० कमल—९८५११२४६३९, ९८५११२४६३९