NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

प्रदेश प्रमुखलाई पत्र लेख्दै सांसद थापाले भने, ‘सरकार निर्माणको कुनै गठबन्धनमा छैन’

काठमाडौं । संसदीय दलको नेताबाट हटाइएका जनमोर्चाका गण्डकी प्रदेश सांसद कष्ण थापाले प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएका छन् । पार्टीका तर्फबाट संसदीय दलको नेताबाटै हटाइएको पत्र पुगेको थियो भने सांसद थापाले आफू तटस्थ रहेको पत्र पठाएका छन् ।उनले आफू तटस्थ रहेको भन्दै गैर कानुनी कारबाहीलाई मान्यता नदिन आग्रह गरेका छन् । थापाले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर कानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारबाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् । उनले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागि तटस्थ रहेको समेत जानकारी गराएका छन् ।