NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आधा घण्टा अक्सिजन अभाव हुँदा पाँचजनाकाे मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि एकै पटक आइसियुमा उपचाररत पाँच जनाकाे मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आघा घण्टा अक्सिजन सप्लाई रोकिएको थियो । अक्सिजन सप्लाई रोकिएपछि पाँच बिरामीको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । अस्पतालका प्रवक्ता विष्णु गौतमले अक्सिजन नहुँदा आधा घण्टाको ढिलाईले पाँच जनाले ज्यान गुमाएको जानकारी दिए । ‘अस्पतालमा माग अनुसार अक्सिजन भएन । अन्य ठाउँबाट अक्सिजन ल्याउन आधा घण्टा ढिलाई हुँदा संक्रमितको मृत्यु भयो’ गौतमले भने, ‘बचाउन सकिने बिरामीको पनि अक्सिजन नभएरै ज्यान गइरहेको छ । यसले अस्पताल प्रशासनलाई चिन्तित बनाएको छ ।’ ६ वटा सिलिण्डर अाएकाे भन्दै यसले पनि डेढ घण्टालाई मात्रै पुग्ने उनले बताए । ‘अक्सिजन सकिएपछि आधा घण्टा दिन सकेनौं, अक्सिजन नपाएरै उहाँहरुको मृत्यु भयो,’ उनले भने, ‘अहिले ६ वटा सिलिण्डर आएको छ एक डेढ घण्टालाई पुग्छ ।’ मृत्यु हुनेमध्ये ४ जना बुटवल उपमहानगरपालिकाका हुन् । नवलपरासीका १ जना छन् । मृत्यु हुनेमा बुटवल ११ का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षीय पुरुष, बुटवल १२ की ५९ वर्षीया महिला र बुटवल १३ का ५२ वर्षीय पुरुष रहेका छन् । अक्सिजन नै नपाएर बर्घाटका ४४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।