NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

माधव नेपाल पक्षका नेता भीम रावल भन्छन् : ओलीलाई रोक्न हामीले सांसदबाट राजीनामा दिनुपर्छ

काठमाडौं । एमाले नेता भीम रावलले माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिनुपर्ने बताएका छन् । ट्वीट गर्दै उनले केपी ओलीलाई अलोकतान्त्रिक कार्य गर्नबाट आफ्नो पक्षका सांसदले राजीनामा दिनुपर्ने बताएका हुन् । ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’ उनको ट्वीटमा उल्लेख छ । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।— Bhim Rawal, PhD (@BhimRawal179) May 12, 2021