NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री, लिए सपथ

काठमाडौं । अरु दलले बहुमत जुटाउन नसकेपछि गण्डकी प्रदेशमा ठूलो दलका रुपमा एमालेका पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री भएका छन् । कांग्रेस, माओवादी, जसपा, जनमोर्चा मिल्दासमेत बहुमत नपुगेपछि बुधबार साँझ गुरुङले मुख्यमन्त्रीका रुपमा सपथ लिएका हुन् । गठबन्धन सरकारको लागि राष्ट्रिय जनमोर्चा तयार भए पनि सांसदहरु तयार नभएपछि कांग्रेससहितको गठबन्धनमा बहुमत नजुटेको हो । जनमोर्चाका तीनमध्ये दुई सांसद कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको विज्ञप्ति निकालेका थिए । उनीहरुले विज्ञप्ति निकालेपछि ठूलो दलका रुपमा नेकपाका गुरुङलाई प्रदेश प्रमुखको कार्यालयले सपथ खुवाएको हो । कांग्रेसका कृष्णचन्द्र नेपालीको पक्षमा संसदमा ३१ सिट नपुगेको हो । उनीहरुले चार दलको समर्थन रहेको भन्दै एक महिनाभित्र विश्वासको मत लिने जनाउँदै नेपालीलाई मुख्यमन्त्रीको सपथ गराउन आग्रह गरेका थिए । तर, प्रदेश प्रम्ख कार्यालयले ३१ मत पुग्ने गरी पत्र नआएको भन्दै ठूलो दलको रुपमा गुरुङलाई सपथ गराएको हो ।