NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सिद्धार्थ बैंकद्वारा कोरोना कोषमा दश लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा बुधबार १० लाख रुपैयाँ रकम सहयोग गरेको छ । बैंकका धनगढी शाखा प्रवन्धक नितेश श्रेष्ठले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई उक्त रकमको चेक हस्तान्तरण गरे । सातै प्रदेशलाई १० लाख रुपैयाँका दरले सहयोग गर्ने भनेर मंगलबार नै निर्णय भइसकेको शाखा प्रवन्धक श्रेष्ठले बताए । अघिल्लो वर्ष पनि कोरोना महामारीमा बैंकले सात वटै प्रदेशलाई दश लाखको दरले कोरोना कोषमा सहयोग गरेको बताइएको छ ।