NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

नेपाल कोरियामैत्री अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पताल आफैंले अक्सिजन उत्पादन गर्ने भएको छ । नगरपालिकाले करिब ६० लाख रुपैयाँको लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार जानकारी दिए । अस्पतालमा अहिले ४३ जना कोरोना संक्रमित भर्ना भएर उपचार भइरहेको र दैनिक ७० सिलिन्डर अक्सिजन आवश्यक पर्ने भएकाले आफैंले अक्सिजन उत्पादन गर्न प्लान्ट निर्माण सुरु गरिएको जनाइएको छ ।