NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

७० आरोही सगरमाथा शिखरमा

काठमाडौं । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । बुधबार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् । हालसम्मको तथ्यांकअनुसार यस वर्ष करिब १ सय ८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।