NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रेम्डेसिभिर औषधि आवश्यक परे यी नम्बरमा फोन गर्नूस्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न अनुरोध गरेका छन् । मन्त्रालयको सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा.अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गर्न सकिने उल्लेख छ । हेल्थकेयरबाट प्रतिरेम्डेसिभिर चार हजार ९ सय रुपैयाँमा पाइने मन्त्रालयले जनाएको छ ।