NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा नर्स र स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड–१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिसँगै जुध्दै मानवीय सेवामा समर्पित नर्स, स्वास्थ्यकर्मीलगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । विश्व नर्स दिवसका अवसरमा बुधबार सन्देश दिँदै उनले प्रतिकूलावस्थामा पनि हजारौं नर्स तथा स्वास्थ्यकर्मीले आफ्नो सुरक्षा र अफ्ठ्यारालाई पर्वाह नगरी दिनरात बिरामीको हेरचाह र उपचारमा संलग्न भएकोमा सम्मानसमेत व्यक्त गरेका छन् ।