NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

४० दिनको कोभिड स्थिति : दैनिक संक्रमण १२८ बाट ९४८३ पुग्यो, मृत्यु १६८, सक्रिय संक्रमित लाख नाघे

काठमाडौं । पछिल्ला दिनहरुमा कोभिड-१९ को संक्रमण तीव्र बन्दै गएको छ । कोभिडको दोस्रो लहर सुरु भएपछि गत चैतको अन्तिमताका देखि बढ्दै गएको संक्रमण अहिले दैनिक साढे नौ हजारको हाराहारीमा छ । आज (वैशाख २९) गतेमात्र नौ हजार तीन सय पाँच जनामा कोभिड- १९ को संक्रमण पुष्टि भएको छ । २८ गतेको दैनिक संक्रमणको यो तथ्यांक नौ हजार चार सय ८३ थियो । काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या यसरी उकालाे लागेकाे थियाे । जसरी संक्रमण बढ्दै छ सोही दरमा संक्रमितको मृत्यु पनि बढ्दै छ । आजै एक सय ६८ कोभिड संक्रमितले मृत्युवरण गरेका छन् । हिजोमात्र यो संख्या दुई सय २५ जना थियो । संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि उच्च दरमा बढ्दै गएको छ । आजैमात्र सक्रिय संक्रमित एक लाख नाघेका छन् ।तर, केही समय अघिमात्रको संक्रमणको स्थिति फरक थियो । विगत ४० दिनयता दैनिक काेराेना संक्रमण पुष्टि हुनेकाे विवरण यस्ताे रहेकाे छ । नेपालवाचले ४० दिनयताको कोभिड संक्रमणको अवस्था केलाएको छ । हेरौं ४० दिनयताको कोभिड संक्रमणको स्थिति :