NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कर्णाली प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य

काठमाडौं । कर्णाली प्रदेशसभाको चालु हिँउदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसमा बुधबार मध्यरातदेखि लागू हुने गरी प्रदेशसभा अन्त्य भएको हो । मुख्यमन्त्रीको सचिवालयको सिफरिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्यबारे प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीद्वारा जारी प्रेस विज्ञप्ति । प्रमुख विपक्षी नेकपा एमालेका सांसदले प्रदेशसभा सञ्चालनमा अवरोधग गर्दै आएका थिए । प्रदेशसभामा आउँदो केही दिनपछि बजेट अधिवेशन बोलाइने तयारी छ।