NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

८२ लाख नगदसहित वीरगञ्जबाट ४ जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले तीनजना भारतीय नागरिकसहित ४ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–४ घर भएका कलामुद्दिन अन्सारी, भारत बिहार घर भएका विकास कुमार, गुड्ड कुमार र साहिल गुप्ता छन् । आरोपीहरुबाट ८२ लाख ५० हजार रुपैयाँ हुन्डीको रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । बाराको महागढीमाईका १८ वर्षीय कलामुद्दिन अन्सारी बुधबार २५ लाख नगद बोकेर निस्केका थिए । आदर्शनगर चोकमा कलामुद्दिनलाई पक्रेपछि उनको बयानका आधारमा रक्सौलका ३ जनाले वीरगञ्जमा फ्ल्याट लिएर हुन्डीको कारोबार गरिरहेको खुलेको थियो । उनीहरुबारे बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–०७३ अनुसार अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।