NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

संकटको बेला छ, भ्रमको खेती नगरौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संकटका बेला भ्रमको खेती नगर्न आग्रह गरेका छन् । निजी क्षेत्रका उद्योगी र अस्पतालका प्रतिनिधिसँगको छलफलमा उपप्रधानमन्त्री पोखरेलले अनावश्यक भ्रमबाट सचेत रहन सबैमा आग्रह गरेका हुन् । ‘महामारीसँग जुध्न राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ, अनावश्यक भ्रमबाट सचेत हुनुपर्छ,’ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले भने । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक र निजी क्षेत्रका अस्पतालका प्रतिनिधिसँग बुधबार भएको छलफलमा अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउनेलगायत विषयमा विमर्श भएको थियो । काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले नौ वटा अक्सिजन उद्योगहरु सञ्चालित छन् । दैनिक १५ हजार सिलिन्डरभन्दा बढी माग भए पनि ती उद्योगबाट हाल सात हजार २ सय सिलिन्डर उत्पादन हुने गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष