NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

युवा व्यवसायी सिंहले सुरु गरे निःशुल्क खाना अभियान

काठमाडौं । युवा व्यवसायी जीवनबहादुर सिंहले कोरोना प्रभावित तथा तिनका कुरुवालाई निःशुल्क खाना वितरण अभियान सुरु गरेका छन् । सिंहले शुक्रबारदेखि जिल्ला अस्पताल सिमखेतमा रहेका कोरोना प्रभावित तथा कुरुवालाई खाना वितरण गरिरहेका छन् । अस्पतालमा कोरोनाको परीक्षण सुरु भएदेखि नै उपचार गराउन आउने बिरामी तथा तिनका कुरुवाको बिजोग भएको थियो । निषेधाज्ञाका कारण खाना खाने होटल बन्द हुँदा उनीहरु प्रभावित भएका थिए । अहिले एक दिनमा ५० देखि ७० जनासम्मलाई खाना खुवाउने गरिएको छ । ‘हाम्रो अभियानमा देशविदेशबाट धेरै जना जोडिएर सहयोग गरिरहनुभएको छ । कसैले आर्थिक सहयोग, कसैले खाद्यान्न सहयोग, कसैले ग्यास सिलिन्डरको सहयोग गरिराख्नुभएको छ,’ सिंहले भने । औषधि, खाना वा अन्य कुनै पनि प्रकारको सेवा लिनुपरेमा ९८४८६०७६४७, ९८६४५९५९९४, ९८६८४०६६२० र ९८४८७५५२८८ मा फोन सम्पर्क गर्न पनि सिंहले अनुरोध गरेका छन् ।