NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

शपथसम्बन्धी विवाद निरुपण गर्न राष्ट्रपतिबाट अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् । नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो । कानुन व्यवसायीहरुले राष्ट्रपतिले गराएको शपथको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग लिखित जवाफ मागेको छ । प्रधानमन्त्रीको सपथ सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला सरकारले सपथ सम्बन्धी कानुन नभएकाले अध्यादेश जारी गरिएकाे हाे । संविधानले सपथको ढाँचा संघीय कानुन बमोजिम हुनेछ भने पनि अहिलेसम्म कानुन नबनेको हुनाले पछिल्लो विवादको निरुपण गर्न अध्यादेश जारी गरिएको हो । राष्ट्रपति भण्डारीले बिहीबार नै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ पनि जारी गरेकी छन् ।