NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पराजित भएपछि के भने बादलले ?

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा पराजित भएपछि एमाले उम्मेदवार रामबहादुर थापा बादलले प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमा लेख्दै थापाले आफूलाई मतदान गर्नेलाई धन्यवाद दिएका हुन् । आफूसँगको प्रतिस्पर्धामा विजयी डा. खिमलाल देवकोटालाई उनले बधाई दिएका छन् । ‘आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिकार उपमहानगरपालिकारनगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई ।’ उनले भनेका छन् ।