NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भोली साँझ ५ बजेभित्र नयाँ सरकार गठन गर्न सांसदहरुलाई राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोली साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि प्रतिनिधि सभाका सदस्यहरुलाई आह्वान गरेकी छिन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुत्त प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ अनुसार आफूले संसदमा विस्वासको मत पाउन नसक्ने जानकारी गराएपछि राष्ट्रपतिले संविधान अनुसार फेरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्रीमा नियुत्त गरेकी थिइन् । प्रधानमन्त्री ओलीले नियुत्त भएको एक महिनाभित्र उपधारा ४ अनुसार संसदमा विस्वासको मत लिनुपर्ने व्यवस्था थियो । तर उनले विस्वासको मत नै नलिई आफूले विस्वासको मत पाउन नसक्ने औपचारिक जानकारी राष्ट्रपतिको कार्यालयलाई गराएपछि राष्ट्रपतिले धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया अघि बढाएकी हुन् । उपधारा ५ अनुसार प्रतिनिधिसभाका सदस्यहरुमध्ये कसैले आफ्नो नेतृत्वमा संसदमा बहुमत रहेको आधार राष्ट्रपतिलाई देखाएमा त्यस्तो व्यक्ति प्रधानमन्त्रीमा नियुक्त हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रपतिले कुनै प्रतिनिधीसभा सदस्यसँग स्पष्ट बहुमत भए त्यसको आधार सहित सरकारको दावी गर्न आह्वान गरेकी हुन् । यसअघि उनले दलहरुलाई बहुमत प्राप्त गरी सरकारको दावी गर्न तीन दिनको समय दिएकी थिइन् । तर नेकपा एमाले बाहेकका दलहरुले बहुमत देखाउन नसकेपछि राष्ट्रपति भण्डारीले केपी शर्मा ओलीलाई संसदमा प्रतिनिधित्व गर्ने सबै भन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्रीमा नियुत्त गरेकी थिइन् ।