NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गगन थापाको आक्रोस : राष्ट्रपति र प्रधानमन्त्रीको षडयन्त्र खारेज गर्न जसपाको नेतृत्वमा सरकार

काठमाडौं । कांग्रेस युवा नेता गगन थापाले विश्वासको मत लिन नसकेका प्रधानमन्त्रीले राजीनामा नदिई षडयन्त्र गरेको आरोप लगाएका छन् । राष्ट्रपति संस्थाको दुरुपयोग गरी प्रधानमन्त्रीले संसद विघटन गर्ने खेल खेलेको भन्दै थापाले कांग्रेस र माओवादीबाहेकको दलको नेतृत्वमा सरकार गठन गरेर भए पनि उनीहरुको षडयन्त्र चिर्नुपर्ने बताएका हुन् । राष्ट्रपतिले भोलि बेलुका ५ बजेसम्मको समय दिएर संसदमा विश्वासको मत पुग्ने आधार प्रस्तुत गर्न छोटो समय दिएपछि थापाले नेपालवाचसँगको कुराकानीमा यस्तो आक्रोश व्यक्त गरेका हुन् । ‘यी दुईले संविधान र कानुनभन्दा माथि रहेर भोलि बेलुकासम्म संसद विघटन गर्ने र निर्वाचन पनि नगर्ने दिशामा देशलाई पुरउँदैछन् । यी दुईको षडयन्त्रविरुद्ध यो छोटो समयमा दलहरुले बुद्धि पुर्याउनुपर्छ ।’ थापाले भने, ‘यो छोटो समयमा हामीले नै नेतृत्व गर्ने भनेर अडान लिएर बस्नु हुँदैन । राष्ट्रपतिले दिएको समयभन्दा अगाडि नै अरु दलको नेतृत्वमा सरकार बनाउने ग्यारेन्टी गरेर विद्या र केपी मिलेर गरेको षडयन्त्रलाई खारेज गर्नुपर्छ ।’ थापाको भनाईराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले बदनियतपूर्ण ढंगले निर्णय लिएका छन् । यो राजनीतिक निकासभन्दा षडयन्त्रले भरिएको निर्णय हो । प्रधानमन्त्रीले विश्वासको मत लिन सक्दिन भनेपछि तत्काल राजीनामा दिनुपर्ने हो । अनि राष्ट्रपतिले संसदमा रहेका प्रत्येक सांसदलाई मौका दिनुपर्ने हो । तर प्रत्येक सांसदलाई दिने मौका २१ घण्टाले पुग्ने कुरा होइन । कम्तिमा तीन चार दिनको समय दिनुपर्ने हो । अभ्यास पनि यही हो । तर राष्ट्रपति कार्यालय प्रधानमन्त्री कार्यालयको सचिव जस्तो भएको छ । यो राष्ट्पति र प्रधानमन्त्री मिलेर गरिएको षडयन्त्र हो । यी दुईले संविधान र कानुनभन्दा माथि रहेर भोलि बेलुकासम्म संसद विघटन गर्ने र निर्वाचन पनि नगर्ने दिशामा देशलाई पुरउँदैछन् । यी दुईको षडयन्त्रविरुद्ध यो छोटो समयमा दलहरुले बुद्धि पुर्याउनुपर्छ । यो छोटो समयमा हामीले नै नेतृत्व गर्ने भनेर अडान लिएर बस्नु हुँदैन । राष्ट्रपतिले दिएको समयभन्दा अगाडि नै अरु दलको नेतृत्वमा सरकार बनाउने ग्यारेन्टी गरेर विद्या र केपी मिलेर गरेको षडयन्त्रलाई खारेज गर्नुपर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष