NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आजका ‘गुड न्युज’ : अबदेखि घरमै पिसिआर परीक्षण गर्न सकिने

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रेसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिक विषयवस्तु र कोरोना महामारीका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । तिब्बत सरकारले दिएको स्वास्थ्य सामग्री ल्हासाबाट नेपाल ल्याइँदैचीनको तिब्बत सरकारले नेपाललाई सहयोग गरेको अत्यावश्यक स्वास्थ्य ल्हासा हुँदै नेपाल ल्याइने भएको छ ।तिब्बत सरकारले नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन बिहीबार ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त सामग्री शुक्रबार रातिसम्म खासा पुग्ने भएको छ । तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका छ हजार सिलिण्डर भर्न सकिने छ । तिब्बत सरकारले २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । स्वास्थ्य सामग्री बोकेका कार्गो स्थलमार्गबाट नेपाल लैजान कुनै रोकावट नहुने तिब्बत सरकारले जनाएको महावाणिज्य दूतावासले बताएको छ । अबदेखि कोरोनाको पिसिआर परीक्षण गर्न प्रयोगशाला जानुनपर्ने, घरमै बोलाएर गर्न सकिने अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो । जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न ‘घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ । कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पिसिआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो । यसअघि पिसिआर परीक्षणका लागि प्रयोशगाला वा अस्पताल जानुपर्ने थियो । जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले मापदण्ड लागू गरेपछि अब कोही पनि व्यक्तिले पिसिआर परीक्षणका लागि घरमा नै स्वास्थ्यकर्मी बोलाउन सक्ने बताए । यसरी घरमा नै बोलाएर पिसिआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त रु ५०० लाग्नेछ । अहिले सरकारी प्रयोगशालामा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई निःशुल्क र आफूखुशी पिसिआर गराउनेलाई रु एक हजार तथा निजी प्रयोगशालाले रु दुई हजार लिने गरेका छन् । मापदण्डमा बिरामीले इच्छाएको अवस्थामा कोभिड–१९ पिसिआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीबाट बिरामीको घरबाटै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्ने उल्लेख गरिएको छ । घरमा गएर स्वाब सङ्कलन गराउने सेवाग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना सङ्कलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ । अहिले देशभरि सरकारी र निजी गरी ९० प्रयोगशालाले पिसिआर परीक्षण गर्ने अनुमति पाएका छन् । ती प्रयोशगालाले अहिले दैनिक करिब २० हजार पिसिआर परीक्षण गर्ने गरेका छन् । सङ्क्रमितलाई खाना र उपचारको प्रवन्ध गर्दै गण्डकी प्रदेशसभा सदस्य पहारी तीन दिनअघि मात्रै कोरोना सङ्क्रमणबाट मुक्त गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी यतिबेला अन्य सङक्रमितको हेरचाह र सेवामा जुटेका छन् । उनी अहिले सङ्क्रमितका लागि एम्बुलेन्सको व्यवस्थापन र भोजन व्यवस्थापनमा जुटेका हुन् । पोखरा महानगरपालिका–३० स्थित गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा पुगेर प्रदेश सांसद पहारीले अस्पतालमा उपचारत ६० जना सङ्क्रमित र १० जना स्वास्थ्यकर्मी गरी ७० जनालाई १० दिनका लागि खाना र खाजाको व्यवस्था गरेका छन् । ‘अहिलेको महामारीमा बिरामीलाई आवश्यक उपचार, सकारात्मक उत्प्रेरणा र पौष्टिक खानाको आवश्यक छ । त्यसैले सहयोगमा जुटेको हुँ,’ प्रदेश सांसद पहारीले भने, ‘म आफै पनि निकै कष्टकर रुपमा यस कोभिडसँग लडेको हुँ, मलाई थाहा छ कति गाह्रो हुन्छ ।’ उनले महामारीविरुद्ध सबैले आफ्नो स्थानबाट सक्दो सहयोग गरेर सङ्क्रमितलाई सकारात्मक ऊर्जा प्रदान गर्न आग्रह गरे । पहारीका अनुसार सो अभियानमा खाना खाजा व्यवस्थापन नमस्ते सामुदायिक प्रतिष्ठान नेपाल र यसका संस्थापक अध्यक्ष भीष्मराज पौडेल र जर्जियाका लागि नेपालका पर्यटकीय सद्भावना दूत दिपक पहारीले सघाउनेछन् ।