NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रामचन्द्र पौडेलको अपील : संविधान फाल्ने षडयन्त्र भयो सबै दल मिलौं

काठमाडौं । कांग्रेसस नेता रामचन्द्र पौडेलले २४ घण्टाको पनि समय नदिइ सरकार गठनको प्रक्रिया सुरु गरेर राष्ट्रपति र प्रधानमन्त्रीले संविधान फाल्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । यस्तो षडयन्त्रविरुद्ध सबै दल एकजुट भएर मुकाविला गर्नुपर्ने उनको भनाई छ । ‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो । सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् ।’ पाैडेलले भनेका छन्, ‘यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।’