NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

राष्ट्रपतिको कदम असंबैधानिक, शुक्रबार देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न प्रकाशित विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक भएको ठहर गरेको छ । कांग्रेसले विज्ञप्ती निकालेर सरकार गठनसम्वन्धी राष्ट्रपति कार्यालयको कदम असंबैधानिक र अलोकतान्त्रिक भनेको हो । कांग्रेसले यस सम्बन्धमा छलफल गर्न शुक्रबार विहान ९ बजे पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेगरी बोलाएको हो ।